नियम १४
बोर्डको अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरुको दैनिक तथा भ्रमण भत्ता

(१) बोर्डको अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरुले बोर्डको कामको सिलसिलामा स्वदेश तथा विदेश भ्रमण गर्दा विनियममा तोकिए वमोजिमको दैनिक तथा भ्रमण भत्ता, लुगा भत्ता र अन्य खर्च पाउनेछन् ।
(२) उपनियम (१) मा जेसुकै लेखिएको भएतापनि ऐनको दफा (९) उपदफा (२) को खण्ड (छ) वमोजिम बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यले यस्तो भत्ता र खर्च लिन पाउने छैनन् ।
∗ तर कार्यकारी समिति (वोर्ड) को वैठकमा सहभागी हुन आउने सदस्यले वोर्डको बैठक हुने दिन र सहभागी हुन आएको दिन समेत एक वोर्ड बैठकमा वढीमा २(दुई) दिन वरावरको भ्रमण भक्ता र होटलको खर्च पाउनेछ । कार्यकारी समितिका सदस्यहरुले पाउने यस्तो भक्ता तथा होटल खर्च नेपाल पर्यटन वोर्डको आर्थिक विनियम, २०५५ बमोजिम कार्यकारी प्रमुखले पाए सरह हुनेछ ।